काठमाडौं, २३ चैत्र । नेकपा (माओवादी केन्द्र) ले सांसद टंक आङ्बुहाङलाई पदमुक्त गरेको छ। आङ्बुहाङ माओवादी केन्द्र त्यागेर प्रदेश १ को सरकारको मन्त्री बनेका थिए । पार्टीले हिजोमात्रै उनीसँग स्पष्टीकरण मागेको थियो । तर, आङ्बुहाङले तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ ।
गत चैत १३ गते आङ्बुहाङ प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्। File Photo/Facebook