Logo

यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन् : सांसद कँडेल (भिडिओसहित)



काठमाडौं, २३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अहिलेकै अवस्था रहिरहेमा नेकपा (एमाले) बाट अन्तिम प्रधानमन्त्री केपी ओली नै रहने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद कँडेलले यस्तो बताएका हुन् ।

उनले यसअघिको चुनावी प्रचारको क्रममा वर्तमान प्रधानमन्त्रीले नेपाली कांग्रेसबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री भनेर बोलेको कुरालाई स्मरण गर्दै अब एमालेबाट अन्तिम प्रधानमन्त्री ओली रहने बताएका हुन् । उनले भने,जुन शब्दमा गोरखामा उहाँले भन्नुभयो, त्यही शब्दमा भन्ने हो भने, यही अवस्था रहिरहेमा सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै रहनेछन्।’



प्रतिक्रिया दिनुहोस्