काठमाडौं, २३ चैत्र । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी चल्दै थियो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समिकरण बनाएर हस्ताक्षर शुरु गरेका थिए । अविश्वासको प्रस्तावको तयारी भएलगत्तै लुम्बिनी सरकारको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेर हिउँदे अधिवेशन अन्तको सिफारिशको निर्णय गर्यो ।
सिफारिश तुरुन्त प्रदेश प्रमुख धर्मनाथ यादव कहाँ पुर्याइयो । लुम्बिनी सरकारले मङ्गलबार राति १२ बजेदेखि बैठक अन्त गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताएका छन् ।
पोखरेलको सरकारविरुद्ध काँग्रेस, माओवादी केन्द्र र जसपा मिलेमा ढल्ने अवस्था छ । त्यहाँ कुनै दलको पनि बहुमत छैन ।
नेकपा एमालेले कर्णाली प्रदेश सरकार ढाल्न खोजेपछि माओवादीले पनि लुम्बिनी प्रदेश सरकार ढाल्न खोजेको हो । केन्द्र देखि प्रदेशसम्म सरकार संकटमा छन् ।