काठमाडौं, २३ चैत्र । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकले महत्वपूर्ण निर्णय लिने बुझिएको छ ।
विशेषगरी कोरोना भाइरसको संक्रमण बढिरहँदा सरकारले महत्वपूर्ण निर्णय लिने तयारी गरिरहेको छ । आजको बैठकले नियुक्तिसम्बन्धी केही निर्णय पनि गर्ने बुझिएको छ ।-तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय