काठमाडौं, २४ चैत्र । कर्णाली प्रदेशमा नेकपा (एमाले) का तीन जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन् । आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।
पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनुभन्दा अघि एकपटक मन्त्रिपरिषद बैठक राख्न मुख्यमन्त्री शाहीले आग्रह गरेका थिए । File Photo/ReportersNepal