Logo

मुर्ती चोरी गरेको अभियोगमा एक पक्राउ



ललितपुर, २४ चैत्र । मुर्ती चोरी गरेको अभियोगमा एकजनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर धौगलबजारस्थित मुर्ती बनाउने स्थानबाट १६ थान धातुको मुर्ती चोरी गरेको अभियोगमा ललितपुर मंगलबजार बस्ने काभ्रे वेथानचोक घर भएका ४८ वर्षीय राज कुमार सुनार पक्राउ परेका हुन् ।

मुर्ती बनाउने स्थानबाट चैत १३ गते विभिन्न आकृतिका धातुका मुर्तीहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न सुनारलाई चोरी भएका सम्पूर्ण मुर्ती सहित ललितपुर बालकुमारीबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनीमाथि जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्