काठमाडौं, २४ चैत्र । नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा उद्योगी व्यवसायी किशोरकुमार प्रधान नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानु भक्त ढकालले विराटनगर १० मोरङकाका प्रधानलाई नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम निगमको सञ्चालकमा ४ वर्षका लागि नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।
प्रधान हालै नेकपा (एमाले) मा प्रवेश गरेका हुनु । बालुवाटारमा आयोजित विशेष समारोहको बीच प्रधानको नेतृत्वमा सयौंको संख्यामा उद्योगी तथा व्यवसायीहरु एमालेमा प्रवेश गरेका हुन् । File Photo/ReportersNepal