Logo

रिलायन्स फाइनान्सले बैशाख १० गते बुक क्लोज गर्दै



काठमाडौं, २५ चैत्र । रिलायन्स फाइनान्सको बैशाख २२ गते लैनचौर बैक्वेटबाट भर्चुअल माध्यमबाट साधारण सभा हुने भएको छ । सभा प्रयोजनार्थ कम्पनीले बैशाख १० गते एकदिन बुक क्लोज गर्ने भएको हो ।

हाल ८३ करोड २४ लाख १६ हजार चुक्तापुँजी रहेको यस कम्पनीको सभाले शेयरधनीलाई १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गर्ने भएको छ । बोनस शेयर पारित भएपछि संस्थाको चुक्तापुँजी ९१ करोड ५६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाइएको छ ।

सभामा लेखा परिक्षणको प्रतिवेदन पारित गर्ने र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर गर्नको लागि आवश्यक प्रक्रियाको लागि संचालक समितिलाई सम्पुर्ण अख्तियारी दिने सम्बन्धि विशेष प्रस्ताव पेश हुने भएकोे छ । बैशाख १० गते बुक क्लोज गर्ने भएकोले ९ गतेसम्म कायम भएका शेयरधनीले मात्र बोनस प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्