Logo

थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरू



काठमाडौं, चैत २६ । स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौं स्वास्थ्य दिवसको अवसरमा बोर्डले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थप ६ जिल्लामा बीमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ताप्लेजुङ, बारा, सर्लाही, दोलखा, मनाङ र मुस्ताङमा भर्च्युअल माध्यमबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेका हुन् ।

यीसहित स्वास्थ्य बीमाको पहुँच अब काठमाडौं र ललितपुरबाहेक देशभरका ७५ जिल्लामा पुगेको छ । बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले यही आर्थिक वर्षभित्र बाँकी दुई जिल्लामा पनि कार्यक्रम शुरू गर्ने तयारी गरिएको बताएका छन् ।

कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले स्वास्थ्य प्रणाली सुधारमा सरकार गम्भीर भएर लागेकाले पछाडि फर्किएर हेर्न नपरेको बताए । कार्यक्रमलाई प्रभावकारी बनाउन सबै कर्मचारी गम्भीर भएर लाग्नुपर्नेमा उनले जोड दिए । बीमा गरेपछि कतिपय बीमितले अहिले पनि सहज सुविधा पाउन नसकेको गुनासो हुने गरेकोमा मन्त्री त्रिपाठीले बीमितलाई दिने सुविधा सहज बनाउन निर्देशन दिए ।

साथै बुधवारदेखि नै बोर्डले स्वास्थ्य बीमा कार्यक्रम नागरिक एपमा पनि हेर्न र डाउनलोड गर्न सकिने गरी सेवा शुरू गरेको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्