एजेन्सी, २६ चैत्र । इन्डियन आइडलको जारी सिजनका लोकप्रीय प्रतियोगी पवनदीप राजनलाई कोरोना भाइरसको संक्रमण भएको छ । इन्डियन आइडलका होस्ट आदित्य नारायणलाई कोरोना भाइरसको संक्रमण भएपछि सबैको परीक्षण गर्दा पवनदीपमा संक्रमण पत्ता लागेको हो ।
भरतीय मिडिया एबीपी न्यूजले विश्वस्त स्रोतको उल्लेख गर्दै पवनदीप राजनलाई संक्रमण भएको लेखेको छ । संक्रमित पवनदीप होटलमै क्वारेन्टाइनमा छन् ।
पवनदीप संक्रमित भएपछि बाँकी प्रतियोगितामा तरंग आएको छ । पवनदीप इन्डियन आइडल सिजन १२ को उपाधिका मुख्य दाबेदार छन् । उनी गायन र वाद्यवादनसहित बहुमुखी प्रतिभाका कारण चर्चामा छन् ।