Logo

माओवादी केन्द्र प्रदेश–२ को संसदीय दलको नेतामा साह चयन



काठमाडौं, २८ चैत्र । नेकपा (माओवादी केन्द्र) ले प्रदेश–२ को संसदीय दलका नेतामा भरतप्रसाद साहलाई चयन गरेको छ । यसअघि संसदीय दलको नेतामा रहनुभएका सत्यनारायण मण्डल एमालेमा प्रवेश गरेपछि त्यस पदको जिम्मेवारी महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य साहलाई दिइएको हो । प्रदेश–२ मा माओवादी केन्द्रका ११ जना सांसद रहेका छन् ।

त्यस्तै पार्टीको उपनेतामा जगत यादव र प्रमुख सचेतकमा दिलिप यादव र सचेतकमा रुविकर्ण चुनिएका माओवादी केन्द्रले जनाएको छ । त्यसैगरी माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका चार नेतालाई २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने निर्णय गरिएको दलका नेता साहले जानकारी दिए ।

काठमाण्डौमा रहेको पार्टी कार्यालयमा शुक्रवार बसेको बैठकले २४ घण्टाभित्रमा जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने निर्णय गरेको छ । संसदीय दलको नेताबाट हटाइएका सत्यनारायण मण्डल, कुन्दन साह, ज्वाला साह र मो. समिर अन्सारी माओवादी केन्द्र छाडेर एमालेमा गएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्