Logo

कोरोनाको नयाँ प्रजाति नेपालमा फैलिदै, नियन्त्रणका लागि सरकार र सर्वसाधारण उदासिन



चैत २९, काठमाण्डौ । चैत २३ गतेदेखि कोरोना संक्रमितको संख्या दैनिक वृद्धि २ सय जना नाघेको छ । चैत २६ गतेबाट ३ सय माथि पुगेको छ । संक्रमितको संख्या दैनिक उकालो लागिरहँदा पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन । हाल पनि ३ हजारकै हाराहारीमा मात्र पिसिआर परीक्षण हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

चैत २० गते ३५६५ पिसिआर, १ सय ७९ मा संक्रमण देखिएको थियो । २१ गते २७२७ पिसिआर, १२८ संक्रमित २२ गते ३४५६ पिसिआर, १७६ संक्रमित २३ गते ४५३६ पिसिआर, २६६ संक्रमित २४ गते ४२४३ पिसिआर, २६० संक्रमित २५ गते ४१०० पिसिआर, २९८ संक्रमित २६ गते ४००६ पिसिआर, ३३२ संक्रमित २७ गते ४०७१ पिसिआर, २८८ संक्रमित २८ गते ३५३२ पिसिआर, ३३७ संक्रमित भेटिएका हुन् ।

यसरी दैनिक जसो कोरोना संक्रमण बढ्दै छ तर परिक्षण भने बढ्न सकेको छैन्न । न कन्ट्रयाक्ट ट्रेसिङ नै प्रभावकारी हुन सकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले नै पर्याप्त परिक्षण र कन्ट्रयाक्ट ट्रेसिङ हुन नसकेको बताएका छन् ।

रोजगारीका लागि अन्य मुलुक पुगेका नागरिक देशका सिमा नाका हुदै आउनेक्रम बढेको छ । जसका कारण जोखिम झनै बढेको छ । यसरी आएका नागरिकबाट संक्रमण नफैलियोस भनेर सरकारले चालेका कदम समेत अव्यवस्थित छ । नाकाहरुमा गरिने परिक्षण नै प्रभावकारी नहुँदा संक्रमणको जोखिम बढ्न सक्ने विज्ञहरुले औलाएका छन् । नाकामा गरिने एन्टिजेन परिक्षणले शतप्रतिशत प्रभावकारी नहुने भन्दै सरकारले जनस्वास्थ्यको हिसावले खेलबाड गरेको जनस्वास्थ्य विज्ञ डा अनुप सुवेदीले आरोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पछिल्लो दिनमा नाकाहरुमा जनशक्ति परिचालन गरेर एन्टिजने परिक्षणको दायरालाई बढाएको दावी गरेको छ । मन्त्रालयले एन्टिजेन परिक्षण पनि पिसिआर जस्तै विश्वसनिय भएको सहप्रवक्ता डा. समिरकुमार अधिकारी बताउँछन् ।

छिमेकी मुलुक भारतमा बढ्दो संक्रमितको संख्या र खुला सिमा नाकाले नेपाल झनै जोखिममा परेको छ । कोरोना नियन्त्रणका लागि सरकारले गत वर्ष गरेको तयारीले अबको संक्रमण नियन्त्रण गर्न चुनौतीपूर्र्ण छ । कोरोना नियन्त्रणका लागि सरकार र नागरिक दुवैको तर्फबाट बलियो तयारी गर्नुपर्नेमा देखिएको छ ।

कोरोना भाइरसको नयाँ प्रजाति नेपालमा पनि प्रवेश गरिसकेको पुष्टी भइसकेको छ । जसले गर्दा संक्रमणको दोस्रो लहरको खतरा बढेको छ । तर जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना भएको छैन ।

कोरोना संक्रमणबाट बच्न उच्च सर्तकर्ता अपनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अपिल गरेको छ । तर कतै पनि जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन भएको पाइदैन । सामाजिक दुरी कायम गर्नुपर्ने र २५ जना भेला हुन नपाउने नियम बनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालन गर्न सरकारले आग्रह गरे पनि नागरिकहरु भने मास्क नलगाई हिड्ने गरेका छन ।

पछिल्लो समय कोभिड–१९ संक्रमण बढेको र नयाँ बेलायति भेरियन्ट धेरै देखा परेकोले जोखिम बढिरहेको छ । यो प्रजाति एकदम छिटो सर्ने बिश्वब्यापी मान्यता छ । पहिले भन्दा छिटो ३ गुणा बढि सर्ने कारण जोेखिम पुगेकाको मुत्यु हुने सम्भावना बढेको जनस्वास्थ्यविद् डाक्टर समिरमणी दीक्षितको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्