काठमाडौं, ३० चैत्र । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले नेपाली नयाँ वर्षलाई लक्षीत गरी ’नयाँ वर्ष नयाँ डिस्काउन्ट अफर’ ल्याएको छ । कोरोनाको लामो कहर पछी केही सामान्य हुँदै आएको नेपाली अटो बजारलाई तप उर्जा प्रदान गर्न रमण मोटर्सले प्रत्येक रनर मोटरसाईकलको खरिदमा सिधै नगद रु २१,००० छुत दिने भएको छ ।
यतिमात्र नभई प्रत्येक मोटरसाईकलको खरिदमा २० फ्रि सभ्रिसिङ्ग का साथै सर्वाधिक ६ वर्षसम्मको वारेन्टी दिने भएको छ । साथै, कुनैपनी पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा रु ३० हजार न्युनतम मुल्यांकन गरिने छ ।
हाल रमन मोटर्सले जम्मा रु ११०,००० पर्ने कम मुल्यका ८० सि सि देखी २०० सिसिसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री गर्दै आएको र दिनदिनै बजार बढ्दै गएको बताउँछन उक्त कंपनीका बिजनेस डेभलेप्मेन्ट हेड सन्तोष न्यौपाने । पछिल्लो समय ग्राहकले रनरका सबैजसो मोडलमा रुची राखेका छन भने रनर हक २०० सिसिको अफ रोड मोटरसाईकललाई अत्याधिक मन पराईको न्यौपाने बताउँछन ।