काठमाडौं, ३१ चैत्र । नेकपा (एमाले) का नेता डा. भीम बहादुर रावलले एमसीसीसँगको सम्झौता पारित गर्नुपर्छ भनेर संसदमा चिच्यानेहरु सत्ता र कुर्सीका लागि मातृभूमिको चीरहरण गर्न उद्धत रहेको भनेर देशभक्त नेपालीले बुझ्नुपर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो लेखेका हुन् ।
उनले एमसीसी पारित गर्ने कुराको विरोध गर्नुपर्ने पनि धारणा अघि सारेका छन् । उनले लेखेका छन्–”नेपालको सीमा मिचिदा र स्वाभिमानमा प्रहार हुँदा चुइक्क नबोल्ने तर नेपालको स्वाधीनता र स्वनिर्णयको अधिकारमा आघात पार्ने एमसीसीसंगको सम्झौता पारित गर्नुपर्छ भनी संसदमा चिच्याउनेहरू सत्ता र कुर्सीका लागि मातृभूमिको चिरहरण गर्न उद्दत रहेको देशभक्त नेपालीले बुझौं।त्यस्ताको विरोध गरौं ।”