बर्दिया, ३१ चैत्र । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका–३ स्थाई ठेगाना भई भारतको रुपैडिया मोहनपुर बस्ने ५८ वर्षीय कृपाराम खटिक पक्राउ परेका हुन् ।
जिल्ला अदालत बर्दियाको २०६८ जेठ १० गतेको आदेशले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिई फरार रहेका कृपारामलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बढैयाताल गाउँपालिका–३ बाट पक्राउ गरेको बताएको छ ।
कृपाराम खटिक लगायतका प्रतिवादीहरुले २०६० कात्तिक १० गते बढैयाताल गाउँपालिका-३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए ।
उनलाई जिल्ला अदालत बर्दियाको आदेशले जिल्ला कारागार कार्यालय बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।