Logo

जसपा पदाधिकारी बैठक स्थगित्



काठमाडौं, ३१ चैत्र । जनता समाजवादी पार्टी, नेपालको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित् भएको छ । शीर्ष नेताहरुको कार्यव्यस्तताको कारण आजको बैठक स्थगित् भएको जसपाका एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार शीर्ष नेता पार्टीकै कार्यक्रममा सहभागी हुन जनकपुरमा भएको र अरु केही शीर्ष नेता पनि व्यस्त भएकोले आजको बैठक स्थगित् भएको हो । पछिल्लो समय सत्ता समिकरणमा जसपा निर्णायक बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने कि नगर्ने भन्नेृबारे जसपाभित्र दुई धार देखिएको छ । सहकार्य गर्नुपर्छ भन्ने धारको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरेका छन भने सहकार्य गर्न नहुने पक्षको नेतृत्व अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गरेका छन् । यो बीचमा एमालेबाहेक कांग्रेस, नेकपा (माओवादी केन्दू्र) र जसपाको संयुक्त सरकार बनाउने विषयमा पनि छलफल भएका छन् ।

हालै कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका थिए । उक्त बैठकमा देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेका थिए । तर, जसपाले भने आन्तरिक छलफल गर्ने भन्दै समय मागेको थियो । पछिल्लो समय जसपाका नेताहरुले सरकारको नेतृत्व आफ्नै दलले गर्नुपर्ने अडान पनि राख्न थालेका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्