काठमाडौं, ३१ चैत्र । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज गर्ने भनेको सम्बोधन स्थिगित भएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकमा कोरोनाको दोस्रो लहरबारे आवश्यक सचेतना अपनाउन अपिल गर्नको लागि उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रीहरुले सम्बोधन गर्ने भनिएको थियो ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विहान ८ बजे देशवासीको नाममा सम्बोधन गर्ने भएकोले आज उपप्रधानमन्त्री पोखरेलले गर्ने सम्बोधन स्थगित भएको हो । कोरोनाको दोस्रो लहर आएसँगै सरकारले विशेष सावधानी अपनाउनको लागि देशवासीलाई आज अपिल गर्ने कार्यक्रम तय भएको थियो । File Photo/ReportersNepal
मन्त्रिपरिषद बैठक सम्पन्न : तत्काल लकडाउन नगर्ने, भोलि मन्त्रीहरुले संयुक्त अपिल गर्ने निर्णय