Logo

आजबाट नयाँ बर्ष २०७८ सुरु



काठमाडौं, ०१ वैशाख । आजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७८ सुरु भएको छ । आजको दिन साथीभाई, आफन्त र इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी नयाँ बर्ष मनाउने गरिन्छ । हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न आजका दिन योजना निर्माण एवम् सत्सङ्कल्प गर्ने पनि गर्दछन् ।

नयाँ बर्ष आरम्भका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने भएकाले आजको दिनलाई मेष अर्थात् वैशाख सङ्क्रान्ति पनि भनिन्छ । नयाँ वर्षका अवसरमा देशका विभिन्न ठाउँमा मेला लागेको छ । विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको हो ।

१२ औँ शताब्दीमा भारतको गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम संवतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारमा सुन्न पाईन्स । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।

नयाँ वर्षका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीमा शुभकामना व्यक्त गर्दै अब संविधानको कार्यान्वयनबाट मुलुकलाई आर्थिक सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने जिम्मेवारी सबै नेपालीको काँधमा आएको उल्लेख गरेकी छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्ग, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नयाँ बर्षको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्