सिरहा, बैशाख १ । बिल्टु दाश २०१९ सालमा धनुषाको सीमावर्ती खजुरी महुवाबाट बसाइँ सरेर सिरहाको कर्जन्हा गाउँ आए । उनी धनुषाबाट बन्दिपुर बसाइँ सर्नुको एउटै कारण थियो– कमला नदीको पानीको प्रयाप्त सुविधा। त्यो समयमा कमला नदीको पानी प्रयोग गरेपछि अन्नबाली मनग्य उत्पादन हुन्थ्यो । तीनरचार बाली उत्पादन गर्न सकिन्थ्यो।
विगत सम्झँदै दाशले भने, ‘आफैले खनेको सिँचाइ कुलो ९नहर० मार्फत त्यो बेला बहुबाली लगाइन्थ्यो।’ पछिल्लो समय करोडौं लगानीमा निर्माण भएको र भइरहेको कमला सिँचाइ नहर प्रणालीले बहुबाली खुम्चिँदै गएको उनले बताए। कर्जन्हाका मुक्तिलाल सिंहलाई प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन । उनको सरकारसँग एउटै अपेक्षा छ त्यो हो– कमला नदीको जल । जल अर्थात कमला नदीको पानी खेतसम्म पुग्नेगरि भरपर्दो सिँचाइको व्यवस्था।
गहुँमा लगाउन पानी चाहिएको बेला कमला सिँचाइ नहर प्रणाली मार्फत उनको खेतसम्म पानी पुग्दैन । पोटिलो गहुँका लागि कम्तीमा तीन पटक पानी लगाउनुपर्छ । ‘सुख्खा भेगमा चार पटक पानी लगाउनुपर्छ,’ उनले भने, ‘यस पटक जम्मा दुई पटक मात्रै पानी लगाउन पाएँ।’ पछिल्ला वर्षमा कमला सिंचाइ नहरमा पानी छैन् । तीन पटक चाहिने पानी एकपटकलाई पनि पुग्दैन उनले थपे, ‘कमला सिँचाइ नहरको पानी यस क्षेत्रका किसानलाई धानबाली बाहेकलाई प्रयाप्त छैन् ।’ जेठ–असारमा आकाशे पानीले रोपाई धानिहाल्छ । ‘हामीलाई नहरको पानी प्रयाप्त आवश्यक पर्ने भनेको गहुँको सिजनमा हो,’ उनले भने ‘तर यो बेला नहर सुख्खा हुन्छ, पानीका लागि हामी लालायीत हुन्छौ ।’
कमला सिँचाइ नहरमा पानी पर्याप्त नहुँदा यस क्षेत्रका किसानको खेतमा गहुँ, खेसारी, मसुर बाली जलिरहेको छ । गहुँ र दलहन खेतीलाई यो सिँचाइ नहरको पानीले कहिल्यै भरथेग नगरेको स्थानीय किसानको गुनासो छ । नागरिक दैनिकबाट