Logo

अब एमालेबाट म होईन केपी ओली विस्थापित् हुन्छन् : माधव नेपाल



काठमाडौं, १ बैशाख । नेकपा (एमाले) का नेता माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग तत्काल सहकार्यको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले यस्तो बताएका छन् ।

उनले वर्तमान प्रधानमन्त्री ओलीलाई अपराधीको पनि संज्ञा दिएका छन् । उनले अध्यक्ष ओलीले आत्माआलोचना गरेमात्रै अब सहकार्य हुने नत्र नहुने पनि दाबी गरे । उनले भने,‘केपी ओलीले आत्माआलोचना गर्नुपर्छ। ओलीसँग गुटका मान्छे मात्रै छन् । अब एमालेबाट म होईन केपी ओली विस्थापित हुन्छन् । देशभरिका मूल प्रवाहका कार्यकर्ता म सँग छन् । ओलीसँग सहकार्य असम्भव छ ।’

उनले प्रधानमन्त्री ओली २०७५ जेठ २ मा नफर्किएसम्म सहकार्य नहुने जिकिर गरे । त्यस्तै, अध्यक्ष ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई समेत गुटको बैठकको संज्ञा दिएका छन् । उनले भनेका छन्,‘त्यो भेलामा कोही पनि सहभागी नहुनुहोस । प्रतिवाद गरौं । बहिष्कार गरौं ।’ उनले अहिले एमालेको सरकार रहेको र नेकपा (माओवादी केन्द्र) ले पनि समर्थन जारी राखेकोले यही सरकारर्लाई निरन्तरता दिनुपर्नेमा जोड दिए । नेता नेपालले भने,‘वापन्थीहरुकै सरकार बनाउनुपर्छ ।’ यद्धपी उनले वर्तमान सरकारले काम नभई भाषणमात्रै गरेको पनि टिप्पणी गरे । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्