कैलाली, बैशाख २ । सुदूरपश्चिम प्रदेशमा निर्माणको चरणमा रहेका तथा सञ्चालन भइसकेका विभिन्न आयोजनाको शहरी विकास मन्त्रालयको अनुगमन टोलीले गुणस्तर तथा परिमाणको अनुगमन गरेको छ । कैलाली, कञ्चनपुर, डडेलधुरा र डोटी जिल्लामा स्थलगतरूपमा आयोजनाहरूको अनुगमन गरेको हो ।
मन्त्रालयको प्राविधिक टोलीबाहेक राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक र सञ्चारकर्मीसहितको अनुगमन टोलीले मन्त्रालयअन्तर्गत निर्माण भइरहेका आयोजनाको गुणस्तर तथा तोकिएको मापदण्डअनुसारको संरचना निर्माणलगायतका विषयमा सुक्ष्म अध्ययन गरेको थियो । ‘अनुगमनका क्रममा समग्र आयोजनाहरूको भौतिक एवम् प्राविधिक अवस्था सन्तोषजनक नै देखिएको छ ।
यद्यपि, कतिपय ठाउँमा देखिएका समस्यालाई स्थलगत रूपमा नै समाधान गर्न निर्देशन दिइएको र केही विषय प्रतिवेदनमा उल्लेख गरिने र त्यसलाई मन्त्रालयको तहबाट पूरा गर्न निर्देशन आउनेछ । नेपाल समाचारपत्र दैनिकबाट