Logo

नेप्से आज हालसम्मकै उच्च विन्दुमा, ८ अर्ब भन्दा बढीको कारोबार



काठमाडौं, २ बैशाख । साताको कारोबारको अन्तिम दिन आज नेप्सेले उच्च रेकर्ड राखेको छ । बिहीबार (आज) नेप्से २०.६७ अंकले बढेर २७ सय ३५ दशमलव ४६ उच्च विन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च विन्दु हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६.१७ अंकले बढेर ४९२. ४४ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २१८ कम्पनीको ९५ हजार ७ सय ३७ पटक कारोबार भएर ८ अर्ब ६३ करोड ६६ लाख ८ हजार ६५९ रुपैयाँ बराबरको १ करोड २० हजार ५२८ कित्ता शेयर खरिद विक्रि भएको छ ।

आज सबैभन्दा एनआइसीया लघुवित्तको धेरै कारोबार भएको छ । कम्पनीको ४९ करोड ८९ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । आज १८ सय ६८ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।

त्यसैगरी, निफ्राको ४९ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैकको आज ५ सय ९५ रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको नेप्सेले जनाएको छ । आज व्यापार उपसमुहको ९९.६५ अंक र हाइड्रोपावर उपसमुहको ८.९७ अंकले नेप्से सुचक घटेका छन् भने अन्य १० उपसमुहहरुको परिसुचक बढेका छन् ।



प्रतिक्रिया दिनुहोस्