काठमाडौं, ३ बैशाख । काठमाडौं महानगरपालिकाले महानगरभित्रका कोरोना संक्रमण देखिएका विद्यालय बन्द गर्न आग्रह गरेको छ । तर, शिक्षण सिकाई भने भर्चुअल माध्यमबाट जारी राख्नपनि महानगरले भनेको छ ।
कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह गरिएको छ। साथै, त्यस्तो विद्यालयमा अभिभावक समेतको सहमति लिन भनिएको छ।