Logo

बाबुरामले सुनाए सर्बदलीय बैठकमा नजानुको कारण



काठमाडौं, ५ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठकमा नजानुको कारण सुनाएका छन् । उनले हिजोको सर्बदलीय बेठकलाई कथित बैठकको संज्ञा समेत दिएका छन् । उनले बैठकमा आफूलाई नबोलाईएको पनि जानकारी गराएका छन् ।

आज विहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–‘चेइ नभनी कुकुर पनि कसैको घर जाॅदैन रे!मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन।जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन।पछि मिडियाबाटै सुनियो-MCCबैठक बहिष्कार पो भएछ!’ File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्