काठमाडौं, ५ वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मां ओलीतर्फ संकेत गर्दै अरुलाई सिध्याउन खोजेपछि कर्णालीमा उल्टै सिध्यादिएको टिप्प्णी गरेका छन् । उनले मर्ता क्या नही कर्ता भनेजस्तो भएपछि सिध्याइदिएको बताए ।
‘कर्णालीमा मेरो आदेश नमान्नेलाई सिध्याइदिन्छु भनेपछि मर्ता क्या नही कर्ता भनेजस्ते उसैलाई सिध्याइदिए,’ नेपालले आफू पक्षीय नेता कार्यकर्तालाई काभ्रेको बनेपामा सम्बोधन गर्दै भने । उनले ओलीमाथि अहंकारी बनेको आरोप लगाउँदै हुकुमी शैलीमा जे भन्यो त्यही आदेशको पालना गर्न वाध्य पार्न खोजेको बताए ।
ओलीको कार्यशैली कम्युनिस्ट आन्दोलनलाई सिध्याउने उद्देश्यबाट प्रेरित रहेको आरोप लगाए । उनले कम्युनिस्ट आन्दोलन र एमाले जोगाउन अगाडि बढेको समेत बताए ।
कर्णाली प्रदेशमा शुक्रबार फ्लोर क्रस गरी ४ एमाले सांसदले माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई मतदान गरेपछि नेपालको पछिल्लो भनाई आएको हो । नेपालकै निर्देशनमा कर्णालीमा फ्लोर क्रस भएको खुलिसकेको छ । उनले घुमाउरो तरिकाले आफ्नो भूमिका रहेको बताए ।-फाइल तस्बिर