काठमाडौं, ६ बैशाख । नेपाली बजारमा केही दिन यता निरन्तर सुनको मुल्य वृद्धि भैरहेको छ । आज पनि प्रतितोला ३ सय रुपेयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको थियो ।
त्यस्तै, हिजो ९० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मुल्य भने आज स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।