काठमाडौं, ६ बैशाख । सिभिल लघुवित्त वित्तीय संस्थाले सात जिल्लामा ७ वटा शाखा कार्यालयहरु संचालन गरेको छ । संस्थाले झापा जिल्लाको धाईजन, मोरङ्गको भाथिगछ, सुनसरीको भिमपुर, सप्तरीको बलुवा, चितवनको रत्ननगर, सिन्धुपाल्चोकको पाटीभञ्ज्याङ्ग र कपिलवस्तुको बहादुरगञ्जमा नयाँ शाखा कार्यालयहरु स्थापना गरेको जनाएको छ ।
काठमाडौंमा केन्द्रीय कार्यालय भएको यस संस्थाले यस अघि २९ जिल्लामा रहेको ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आइरहेको थियो । अब नयाँ सात शाखा संचालन पछि ६२ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्ने भएको छ ।