Logo

नेप्सेद्वारा यी चार कम्पनीका शेयर सुचिकृत



काठमाडौं, ६ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार चार कम्पनीको शेयर सुचिकृत गरेको छ । नेप्सेको अनुसार नेपाल इन्भेष्टमेण्ट बैंक, गरिमा विकास बैंक, नागरिक लगानी कोषको हकप्रद शेयर र साना किसान लघुवित्त वित्तीय संस्थाको हकप्रद र बोनश शेयर सूचीकृत गरेको हो ।

नेप्सेले गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३० दशमलव ७३, नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड ८८ लाख ८३ हजार ७५०, नागरिक लगानी कोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर र साना किसान लघुवित्तको २५ लाख ५७३ दशमलव ५६ कित्ता बोनश शेयर र पहिलाको १२ हजार ४४२ कित्ता हकप्रद शेयर सूचीकृत गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्