काठमाडौं, ६ बैशाख । नेकपा (माओवादी केन्द्र) को आज अपरान्ह १ बजे बसेको स्थायी कमीटी बैठक भोलिको लागि सरेको छ । अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक भेटघाटमा व्यस्त रहेकोले आजको बैठक स्थगित् भएको बुझिएको छ ।
अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने जनाईएको छ । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय हुने बुझिएको थियो । त्यसको अलावा बैठकमा पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने बताईएको थियो । File Photo/ReportersNepal