काठमाडौं, ६ बैशाख । ग्राहकका समस्या यथाशिघ्र समाधान तथा सम्बोधन गर्नका लागि एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘एनआईसी एशिया मोबैंकमा ‘कस्टुमर केयर’ सेवा उपलब्ध गराएको छ ।
बैंकको अनुसार कस्टुम केयरबाट डिजिटल बैंकिङ्ग प्रवर्धनमा समेत ठोस टेवा भएको छ । बैंकको एप भित्र रहेको कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् विभिन्न सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । जसमा च्याट बट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, भिडियो ट्यूटोरियल, इमेल सुविधा आदि रहेको छ ।