Logo

लुम्बिनीका मुख्यमन्त्री पोखरेललाई जसपाको साथ, फ्लोर क्रस गरेमात्र अविश्वासको प्रस्ताव पारित हुने



काठमाडौं, ६ वैशाख । लुम्बिनी प्रदेशको राजनीतिमा एकै दिन नाटकीय घटनाहरु विकास भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गरेकोमा केही घन्टामै नयाँ घटना विकास भएको छ ।

मुख्यमन्त्री पोखरेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ र नगरेका १ गरी ४ जसपाका सांसदलाई मन्त्री नियुक्त गरेका छन् । जसपाका सांसदहरु विजय यादव, सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्रीका रुपमा सपथ लिदैछन् ।

लुम्बिनीमा निर्णायक शक्ति बनेको जसपाले समिकरण छाडेलगत्तै त्यहाँको राजनीतिक रोचक मोडमा पुगेको छ । अब पोखरेलको सरकार ढाल्न फ्लोर क्रसबाहेक विकल्प छैन ।

लुम्बिनीमा ८५ जना सांसद रहेको अवस्था छ । अविश्वासको प्रस्ताव पारित गर्न ४३ जना सांसद पुग्नुपर्छ । काँग्रेसको १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ प्रदेशसभा सदस्य छन् । काँग्रेस, माओवादी केन्द्र र जसपाका सबै सांसदले मतदान गरे प्रस्ताव पारित हुनेछ । अब जसपा पोखरेलको पक्षमा उभिएपछि फ्लोर क्रसतर्फ धेरैको ध्यान गएको छ ।

यसअघि कर्णाली प्रदेशमा फ्लोर क्रस हुँदा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको थियो । कर्णालीको घटनामा माधव नेपालले भूमिका खेलेका थिए ।



प्रतिक्रिया दिनुहोस्