काठमाडौं, ६ वैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ७ जना डाक्टरलाई नक्कली प्रमाणपत्रसहित पक्राउ गरेको छ । आज सीआइबीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
बंगलादेशमा एमबिबिएस अध्ययन गर्न जानका निमित्त एसएलसीको प्रमाणपत्रमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्तांकलगायत विवरणहरु सच्याई किर्ते गरेको आधारमा पक्राउ गरिएको सीआइबीकी प्रवक्ता गंगा पन्तले जानकारी गराएकी छिन् ।
पक्राउ पर्नेहरु:
न्यूरो हस्पिटल विराटनगरमा कार्यरत सप्तरीका मोहमद सिद्दिक,
जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत महोत्तरीका सुभाष प्रसाद साह,
दिर्घायू गुरु हस्पिटल चावहिलमा कार्यरत धनुषा घर भएका मोहम्मद शाहिद राजा,
चौरझारी मिसन हस्पिटल पश्चिम रुकुममा कार्यरत मनाङका दिपेन्द्र गौतम,
सप्तरीका अखिलेशकुमार देव,
महोत्तरीकी पल्लवी सिंह
र सानेपाका फराज हुसेन खाँ