Logo

तामाकोसी–५ निर्माणको तयारी



काठमाडौं, बैशाख ७ । माथिल्लो तामाकोसी आयोजनाको पूर्वाधारमा आधारित अर्को जलविद्युत् आयोजना तामाकोसी–५ निर्माणको तयारी भइरहेको छ ।

दोलखाको सुरी दोभानमा विद्युत्गृह रहने गरी ९९.५ मेगावाट क्षमताको यो क्यासकेड आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ भने वित्तीय व्यवस्थापनका लागि अन्तिम पहल भइरहेको जनाइएको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीको विद्युत्गृहबाट निस्किएको पानी आठ किलोमिटर लामो सुरुङबाट अर्को विद्युत्गृहमा पु(याउने र त्यहाँबाट विद्युत् उत्पादन गर्ने योजनाअनुरूप नेपाल विद्युत् प्राधिकरणले यो आयोजना बनाउन लागेको हो ।

यो आयोजनाका लागि ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी गर्ने गरी प्रस्ताव तयार गरिएको छ । ऋणका लागि स्वदेशी लगानीकर्ता कर्मचारी सञ्चय कोष र विदेशी लगानीकर्ता एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)ले लगानी गर्न चासो देखाइरहेका जनाइएको छ । एआईआईबीले स्थानीयवासीको स्वीकृति, जैविक विविधतामा पर्नसक्ने असरबारे प्रतिवेदन खोजिरहेको छ ।

हेड वक्र्सको काम नहुने भएकाले यो आयोजनामा लगानी कम हुने अनुमान गरिएको छ । कम्पनी प्रमुख नसिबमान प्रधानका अनुसार निर्माण अवधिको ब्याजबाहेक यो आयोजनाको कुल लागत करिब १६ अर्ब रुपियाँ रहने बताइएको छ । गोरखापत्र दैनिकबाट

 



प्रतिक्रिया दिनुहोस्