Logo

नेपालगञ्ज उपमहानगरको वडा कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण



नेपालगञ्ज, ७ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाका १ नम्बर वडाका कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । ६ जना कर्मचारीहरुलाई संक्रमण पुष्टि भएसँगै वडा कार्यालय बन्द गरेको जनाएको छ ।

६ जना कर्मचारीलाई संक्रमण देखिएपछि परिस्थिति अनुकुल नभएसम्मको लागि वडा कार्यालय बन्द गर्ने सामाजिक सञ्जालमार्फत वडा अध्यक्षले प्रमोद रिजालले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्