काठमाडौं, ७ बैशाख । मंगलबार (आज) नेप्से २.६८ अंकले बढेर २६ सय ६४ दशमलव ६१ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.५० अंकले बढेर ४७९ दशमलव ६० विन्दुमा पुगेको हो ।
आज सबैभन्दा बढी नागरिक लगानी कोषको २१ करोड ४२ लाख भन्दा धेरैको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकको शेयरमुल्य प्रतिकित्ता ३९ सय ५३ रुपैयाँ कायम भएको छ । त्यस्तै, निफ्राको १९ करोड ८६ लाख भन्दा बढीको कारोबार भएको छ । बैंकको प्रतिकित्ता शेयरमुल्य आज ५७७ रुपैयाँ कायम भएको नेप्सले जनाएको छ ।