Logo

कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ : गोकर्ण विष्ट



काठमाडौं, ७ बैशाख । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले पार्टीभित्र पछिल्लो समय देखापरेका समस्या समाधानका लागि संयमित र जिम्मेवारीपूर्ण पहल गर्नुपर्ने बताएका छन् । तर, यसो गर्नुको साटो एकपछि अर्को बिनाकारण सांसदहरुमाथि कारबाहीका घट्नाहरु अघि बढाएकोमा उनले आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्ता कारबाहीका श्रृंखलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको टिप्पणी गरेका छन् । उनले लेखेका छन्–‘विगत केहि समय यता नेकपा एमालेमा देखापरेका समस्याहरुको समाधानकालागि संयमीत र जिम्मेवारीपूर्ण पहल गर्नुको साटो एकपछि अर्को एकतर्फी र बिनाकारण सांसदहरुमाथी कारबाहीका घटनाहरु अघि बढाइएको छ । यस्ता कारबाहीका शृखंलाहरुले पार्टी एकतामा गम्भीर संकट पैदा गरेको छ । संवादहीनता र कारबाहीको बाटो कुनैपनी हालतमा समाधान हुन सक्दैन । अदालतको फैसला बमोजिम एमालेलाई नेकपा एकतापूर्वको अवस्थामा फर्काएर पार्टीलाई विचार र विधिबाट संचालन गरेर नै एकता जोगाउन सकिन्छ । एउटा इमान्दार कार्यकर्ताकोलागि पदीय हैसियत भन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथी हुन्छ । यसर्थ एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहना बमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरु ब्युँताएर विधि मार्फत समाधान खोज्न म आग्रह गर्दछु । पार्टी एकताको रक्षा गरौं ।’



प्रतिक्रिया दिनुहोस्