Logo

विद्रोहीसँगको भिडन्तमा चाडका राष्ट्रपति डेबीको मृत्यु, ३७ वर्षीय छोरा सत्तामा



एजेन्सी, ७ वैशाख । विद्रोहीसँगको भिडन्तमा घाइते अफ्रिकी मुलुक चाडका राष्ट्रपति इड्रिस डेबीको मृत्यु भएको छ । उनको मृत्युबारे त्यहाँको सेनाले जानकारी गराएको छ ।

चाडको उत्तरी भूभागमा सेनाले विद्रोहीसँग लडिरहेको बुझ्न पुगेका ६८ वर्षीय डेबी भिडन्तका क्रममा घाइते भएका थिए । उनको मृत्युपछि सरकार र संसद बिघटन गरिएको छ । सीमा बन्द गरी कफर्यु लगाइएको छ ।

चाडको नेतृत्व अब सैनिक परिषदले गर्ने उल्लेख छ । सैनिक परिषदको नेतृत्व राष्ट्रपति डेबीका ३७ वर्षीय छोरा महमट इड्रिस डेबी इट्नोले गर्नेछन् । उनी चार तारे जर्नेल हुन् ।

दिवंगत राष्ट्रपति डेबी सन् १९९० को सैनिक कूबाट सत्तामा आएका थिए । उनले तीन दशक चाडमा शासन गरे । उनी लामो समयदेखि फ्रान्सका मित्र मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्