Logo

सिईडिबि हाइड्रोपावरले २५ करोडको आईपीओ निष्कासन गर्ने



काठमाडौं, ८ बैशाख । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोले यहि बैशाख १७ गतेदेखि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।

प्रतिकित्ता १०० अंकित मुल्यका दरले २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । जम्मा निष्कासन गर्ने कित्ता मध्ये ५० हजार ३६५ कित्ता शेयर कर्मचारी, १ लाख २५ हजार ९११ कित्ता शेयर सामुहिक लगानी कोष र बाँकी रकेको २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणलाई छ्ट्टाइएको छ ।

न्युनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्ता शेयर खरिदका लागि इच्छुक लगानीकर्ताहरुले बैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा विक्रि प्रबन्धकमा कम्पनीले सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्