Logo

संवैधानिक इजलासमा सभामुख सापकोटाविरुद्धको मुद्दा, फैसला के आउला ?



काठमाडौं, ८ वैशाख । सत्ता संघर्ष क्लाइमेक्समा पुग्दै गर्दा धेरैको ध्यान प्रतिनिधि सभातर्फ गएको छ । कुनैपनि बेला प्रतिनिधि सभाको विशेष अधिवेशनको समावेदन र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना छ । यही बेलामा सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा पेशी चढेर संवैधानिक इजलासमा सुनुवाई हुने आदेश भएको छ ।

१६ वैशाख २०६२ मा काभ्रेका अजुर्न लामाको अपहरणपछि हत्या भएको घटनामा तत्कालीन माओवादी नेता सापकोटामाथि आरोप लागेको छ । उनीविरुद्ध अर्जुनकी पत्नी पूर्णमायाले २०६४ सालमा जाहेरी दिएपनि प्रहरीले लिएको थिएन । त्यसपछि २२ फागुन २०६४ मा पूर्णमायाले सर्वोच्च अदालतमा रिट दायर गरेपछि जाहेरी दर्ता भएको थियो ।

यही मुद्दाले सभामुख सापकोटालाई पिरोलेको छ । संवैधानिक इजलास सुनुवाई हुने यो मुद्दा किनारा लाग्दा देशको राजनीतिमा ठूलो असर पार्न सक्छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरीप्रसाद खतिवडा छन् । मुद्दाको अन्तिम किनारा लगाउने प्रक्रिया बढेपछि चासो बढ्यो । सभामुखमाथि समेत दबाब परेको छ ।

फैसला रिट निवेदक पूर्णमाया लामाको पक्षमा गए सभामुख सापकोटा पदमुक्त हुने अवस्था आउन सक्छ । मुद्दा जितेमा उनलाई अप्ठ्यारोमा पार्दै आएको समस्याबाट पार लाग्छन् ।



प्रतिक्रिया दिनुहोस्