Logo

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयाधिकार प्रचण्डलाई दियो



काठमाडौं, ८ वैशाख । नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ताको निर्णायाधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ । आज बसेको बैठकले कुनैपनि समयमा निर्णय फिर्ता हुनसक्ने भन्दै अधिकार प्रचण्डलाई दिएको हो ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकारलाई दिइआएको समर्थन फिर्ताबारे आधिकारिक रुपमा जानकारी गराउने अधिकार अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको बताए । उनले सरकारलाई दिइआएको समर्थन अझै फिर्ता नभएको समेत स्पष्ट पारे ।

माओवादी केन्द्रले सरकारलाई दिइआएको समर्थत फिर्ता लिनसक्नेबारे चासो बढिरहँदा माओवादी यसबारे अझै रोकिएको हो ।



प्रतिक्रिया दिनुहोस्