काठमाडौं, ९ बैशाख । आज ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चैत्र मसान्तसम्ममा बैंकले ६० करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको विवरणमा उल्लेख गरिएको छ ।
गत वर्ष उक्त अवधिमा बैंकले ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको बैंकले सोही अवधिको तुलनामा ३८ दशमलव १९ प्रतिशतले बढी भएको हो । १ अर्ब २८ करोड रुपैयाँ जगेडाकोषमा राखेको यस कम्पनीको ३ अर्ब ८४ करोड रुपैयाँ हाल चुक्तापुँजी रहेको छ । यो चालु आवमा बैैकको वितरणयोग्य मुनाफा ४३ करोडड ३१ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ । यो गत वर्षको तुलनामा ३५३ दशमलव ९१ प्रतिशतले धेरै हो ।
गत वर्षको तुलनामा बैंकले ६ दशमलव ३३ प्रतिशतले खुद ब्याज घटाएर चालु आवमा १ अर्ब १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । यसैगरी, बैंकले संचालन नाफा भने बढेर ८६ करोड १४ लाख रुपैयाँ पुगेको छ ।