काठमाडौं, ९ बैशाख । सिभिल बैंकले चालु आर्थिक वर्षको त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको ०७७/७८ मा कर्जा तथा ऋण लगानीमा ५४ दशमलव ६७ प्रतिशतले बृद्वि भएको हो । त्यस्तै, बैंकको निक्षेप ६१.९६ प्रतिशतले बृद्वि भएको छ भने ८७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ८१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ ।
त्यस्तैगरी, गएको आवको तुलनामा ३९.३९ प्रतिशतले बढाएर सोही अवधिमा हाल ५० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष ४ लाख ४२ हजार ४४२ ग्राहकको संख्या रहेको बैंकको चालु आवको त्रैमासको अन्तसम्ममा ग्राहकहरु ५ लाख ४१ हजार ९८२ पुगेको बैंकले जनाएको छ । त्यसैगरी, बैंकले खराबकर्जा अनुपात ६१.८१ प्रतिशतले कम गर्न सफल भएको छ ।