Logo

सुरेन्द्र पाण्डेले बुझाए स्पष्टीकरणको जवाफ, ओलीका कदमहरु कम्युनिष्ट आन्दोलन समाप्त पार्ने प्रकृतिको भएको दाबी (पत्रसहित)



काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हाल चालिरहेको कदमहरु पार्टी विधान विपरित रहेको दाबी गरेका छन् । उनले ओलीले नेपालको कम्युनिष्ट आन्दोलन नै समाप्त पार्ने प्रकृतिका भएकोले यो सबै प्रक्रिया अविलम्ब रोकी पार्टीलाई एकताबद्ध गर्न आवश्यक पहल गर्न समेत आह्वान गरेका छन् । र, उनले अन्यथा यसले निम्त्याउने दुष्परिणामको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्ने पनि बताएका छन् ।

उनले आफू जनताको मतबाट निर्वाचित प्रतिनिधि सभाको पद नै समाप्त गरिदिने आयसको पत्र लेख्नु नेपालको संविधान, कानून र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधान तथा मिति २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसला विपरित भएको पनि दाबी गरेका छन् । नेता पाण्डेले आफूलाई प्रेसित पत्रको बुँदा नम्बर ३ मा लगाईएका सबै आरोपहरु निराधार, कपोकल्पित, पूर्वाग्रहबाट ग्रसित देखिएको पनि दाबी गरेका छन् । उनले बुँदा नम्बर १३ मा उल्लेख गरिएका कुनैपनि क्रियाकलाप आफूले नगरेको जिकिर गरेका छन् । File Photo/ReportersNepal

हेरौं स्पष्टीकरणको जवाफको पूर्णपाठ:



प्रतिक्रिया दिनुहोस्