काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । काठमाडौंको मेरियट होटलमा भएको दुई घण्टा लामो भेटवार्ता भर्खरै सम्पन्न भएको हो ।
हिजोपनि दुई नेताबीच यही मेरियट होटलमा भेटवार्ता भएको थियो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।बैठकस्थलबाट अध्यक्ष ओली निस्किएका छन् । तर, वरिष्ठ नेता नेपाल भने निस्किएका छैनन् । यसअघि दुवै नेताले बैठक कक्षको झ्यालबाट धरहराको दृश्यावलोकन गरेका थिए । Photo By: Mukunda Kalikote/ReportersNepal