काठमाडौं, ९ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले अर्का नेता माधव कुमार नेपाललाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब एक्लाएक्लै भेटवार्ता नगर्न सुझाव दिएका छन् । पछिल्लो समय पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला अध्यक्ष ओली र नेता नेपालबीच एक्लाएक्लै भेटवार्ता गरेका थिए ।
हिजो र आज अध्यक्ष ओली र नेता नेपालले काठमाडौंको नक्सालस्थित् होटेल मेरियटमा एक्लाएक्लै भेटवार्ता गरेको तर बिनानिश्कर्ष वार्ता टुँग्गिएपछि नेता खनालले यस्तो बताएका हुन् । उनले नेता नेपालालई अब अध्यक्ष ओलीसँग एक्लाएक्लै वार्ता नगर्न सुझाएका छन् ।
आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले अब अध्यक्ष ओलीसँग एक्लाएक्लै वार्ता गर्न नहुने धारणा राखेका थिए । उनले नेता नेपाललाई आफूले ‘अब मेरियट होटलमा बसेर वार्ता गरेर समस्या समाधान हुँदैन् । वारपारको लागि गर्ने हो भनेपनि दुवै पक्षको सामूहिक रुपमा बस्नुपर्छ । मैले माधवजीलाई यही सुझाव दिएको छु ।’ File Photo/ReportersNepal