Logo

६ जेठमा राष्ट्रिय सभाको रिक्त पदको चुनाव हुने



काठमाडौं, ९ वैशाख । राष्ट्रिय सभाको रिक्त पदको चुनाव ६ जेठमा हुने भएको छ । निर्वाचन आयोगले चुनावको मितिबारे जानकारी दिएको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले ६ जेठ बिहिबारका दिन बागमती प्रदेश अन्य समूह तर्फबाट राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा बादलको रिक्त पदमा पूर्तिका लागि उपनिर्वाचनको घोषणा भएको बताए । ३५ दिनभित्र रिक्त राष्ट्रिय सभा सदस्यमा चुनाव गर्नुपर्ने नियम अनुसार मिति घोषणा भएको जनाइएको छ ।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सांसदमा विजयी बादलले दल त्याग गरी नेकपा एमालेमा गएपछि कारबाही भएको थियो । उनलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्तको सिफारिश गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनको उक्त पद खारेज गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्