Logo

जसपा स्थापनाको एक वर्ष पूरा, बाबुरामको अपिल : देशको नेतृत्वदायी स्थानमा पुर्याऔं



काठमाडौं, १० बैशाख । जनता समाजवादी पार्टी, नेपाल स्थापनाको एक वर्ष पूरा भएको छ । तत्कालिन राजपा र संघीय समाजवादी पार्टी मिलेर जसपा बनेको हो । जसपा नेपाल अहिले सत्ता समिकरणको निर्णायक शक्ति बनेको छ । जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्यको पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव भने कुनैपनि हालतमा ओलीलाई सरकारबाट विदा गर्ने पक्षमा छन् ।

जसपा नेपाल स्थापनाको एक वर्ष पुगेको अवसरमा यस पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एकताताको तस्विर राख्दै शुभकामना दिएका छन् । उनले जसपालाई भित्री तथा बाहिरी आँधीबहेरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याउनुपर्ने धारणा राखेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले लेखेका छन्-“जनता समाजवादी पार्टी स्थापनाको एक बर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता-अभियन्ता,समर्थक र जनसमुदायमा हार्दिक वधाइ तथा शुभकामना! हिमाल/पहाड/तराई-मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रूपमा स्थापित जसपालाई सबै भित्री-बाहिरी आँधीबहेरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्याऔं!”



प्रतिक्रिया दिनुहोस्