Logo

बाँकेमा थप तीनजना कोरोना संक्रमितको मृत्यु



नेपालगञ्ज, वैशाख १० । बाँकेमा एक २८ वर्षिय युवकसहित थप तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ नेपालगञ्ज मेडिकल कलेज कोहलपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक जना २८ वर्षिय युवकसहित अन्य दुई जना गरेर थप तीन जनाको विहिबार राती र शुक्रवार विहान मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बनगाड ३ सल्यानका ५६ वर्षिय पुरुष र बाँके जानकी १ की ७१ वर्षिया महिलाको विहिबार राती र बाँके बैजनाथ ६ का २८ वर्षिय युवकको शुक्रवार विहान मृत्यु भएको बताए।
ती तीनै जनाको मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार भैरहेकोमा अवस्था विग्रदैं गएपछि मृत्यु भएको फोकल पर्सन ओलीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्