Logo

स्पष्टीकरणको जवाफ पाएपछि ओलीको ब्रिफिङ : ‘२ जनाको मूलधारमा लाग्ने प्रतिबद्धता छ, तीन जनाको जवाफ नरम छ’



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । आज (शुक्रबार) प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकले कर्णाली प्रदेशका चार सांसदलाई पदमुक्त गरेको छ । त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय स्थायी कमिटीपनि विस्तार गरेका छन् । जसमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाइ समेटिएको छैन् । बरु, माओवादीबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणिचन्द्र थापालाई उनले स्थायी कमिटीमा समावेश गरेका छन् ।

त्यस्तै, अध्यक्ष ओलीले यसअघि आफूले माधव नेपालसहित उनी पक्षधर २७ जना प्रतिनिधि सभा सदस्यहरुलाई सोधेको स्पष्टीकरणको जवाफ प्राप्त गरेकाहरुमध्ये धेरै जवाफ नरम रहेको बारे पनि बैठकलाई जानकारी गराएका छन् । उनले गरेको ब्रिफिङअनुसार अहिलेसम्म योगेश भट्टराई, रामकुमारी झाँक्रीलगायत पाँच सांसदले स्पष्टीकरण पेस गरेका छैनन् ।

र, स्पष्टीकरणको जवाफ दिँदै सिन्धुलीका गणेश पहाडी र दाङका हिराचन्द्र केसीले भने मूलधारमा लाग्ने प्रतिबद्धता जनाएको पनि उनले बैठकलाई जानकारी दिए । त्यस्तै, सुनसरीका जयकुमार राई, पाल्पाका सोम पाण्डे र रौतहटकी कल्याणी खड्काले नरम रुपमा जवाफ फर्काएको पनि उनले जानकारी दिएका छन् । बैठकमा ओलीले आफूले एकताको लागि पहल गरेको तर, माधव नेपाल पक्षधर पार्टी एकताबाट भागेको टिप्पणी गरेका थिए । उनले अझैपनि आफू लचिलो बनेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्