Logo

सारथी नेपाल लघुवित्तले संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला गर्दै



काठमाडौं, १० बैशाख । बैशाख १७ गतेदेखि ४ हजार १५८ दशमलव ५० कित्ता संस्थापक शेयर सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले लिलामीमा विक्री खुला गर्ने जनाएको छ ।

शेयर खरिद गर्न इच्छुकले न्यूनतम मूल्य १०० तोकिएको हुनाले आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गरेर न्यूनतम १०० कित्ता वा सो भन्दा माथिका लागि १० ले भाग जाने गरी अधिकतमा सम्पूर्ण कित्ताका आवेदन दिन सक्नेछन् ।

संस्थाको अनुसार शेयर खरीदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले वैशाख २४ गते दिउँसो १ः३० बजेभित्र कम्पनीको विक्री प्रवन्धक एनएबि क्यापिटल, नागपोखरी, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्